सखुवाप्रसौनीमा विद्युत सर्टसर्किटबाट भीषण आगलागी हुँदा तीन घर पूर्णरूपमा नष्ट

spot_img

वीरगन्ज,०१ वैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनटोलमा सोमबार राति विद्युत सर्टसर्किटका कारण भीषण आगलागी हुँदा तीन वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

राति करिब ११:४५ बजे सुरु भएको आगलागी स्थानीय संजय राम र मन्जय रामको घरबाट फैलिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी महुवनका अनुसार आगोले घरभित्र रहेका सम्पूर्ण सामान खरानी बनाएको छ।

आगलागीमा गरगहना, लत्ताकपडा, अन्नबाली (धान, गहुँ), फर्निचर, फ्रिज, ग्यास सिलिन्डर, विद्युत सामग्री तथा मोबाइललगायत सबै सामग्री नष्ट भएका छन्। साथै दुई वटा बाख्रा, एउटा मोटरसाइकल र करिब ३ लाख ५० हजार रुपैयाँ नगदसमेत जलेर नष्ट भएको छ।

सखुवाप्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकाको दमकल, स्थानीयवासी तथा प्रहरीको संयुक्त प्रयासमा करिब एक घण्टापछि राति १२:४५ बजे आगो नियन्त्रणमा लिइएको थियो। घटनाबाट करिब १६ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। मानविय क्षति नभए पनि आगलागीले पीडित परिवारलाई ठूलो आर्थिक क्षति पुर्‍याएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय