एमाले नेताबाट यौन शोषणमा परेको भन्दै तीन जना महिला धर्नामा

spot_img

काठमाडौँ,०३ वैशाख । नेकपा एमाले का केही नेतामाथि यौन शोषणको आरोप लगाउँदै तीन जना महिला माइतीघर मण्डलामा धर्नामा बसेका छन्।

आरोप लगाउनेहरूका अनुसार बझाङबाट निर्वाचित सांसद ऐन महर, पूर्वमन्त्री तथा एमाले सचिव महेश बस्नेत र पूर्व सांसद कर्ण मल्ल विरुद्ध यौन शोषणको आरोप छ।

कालिकोटकी जमुना खत्री चैत ८ गतेदेखि नै माइतीघरमा निरन्तर धर्नामा बसिरहेकी छन्। उनले कर्ण मल्लविरुद्ध गम्भीर आरोप लगाएकी हुन्। मल्ललाई यसै प्रकरणमा चैत १४ गते प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

यस्तै, धादिङकी शोभा पाठक र बझाङकी रस्मिला धामी ले पनि बिहीबारदेखि धर्ना सुरु गरेका छन्। उनीहरूले क्रमशः महेश बस्नेत र ऐन महरविरुद्ध कारबाहीको माग गरेका छन्।

पाठक र धामीद्वारा दायर मुद्दा हाल उच्च अदालत पाटन मा विचाराधीन रहेको छ। उनीहरूले आरोपित व्यक्तिहरूलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।

यद्यपि, यसअघि जिल्ला अदालत काठमाडौं ले महेश बस्नेतलाई पक्राउ गर्न अनुमति नदिएको जनाइएको छ।पीडित भनिएका महिलाहरूले न्यायको माग गर्दै धर्ना जारी राख्ने बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय