धनुषामा बेपत्ता वृद्ध मृत फेला

spot_img

जनकपुर,०४ वैशाख । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा बेपत्ता भएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। स्थानीय ६० वर्षीय जगतबहादुर थापा बिहीबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ९ बजे स्थानीय जगदीश रविदासको बाँसघारीमा थापाको शव फेला परेको हो। उनका छोरा अमित थापाले बुधबार साँझदेखि बुबा घरबाट सम्पर्कविहीन भएको जानकारी दिएका थिए। परिवारका अनुसार उनी बेपत्ता हुनुअघि अत्यधिक मदिरा सेवन गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनास्थलको मुचुल्का उठाइसकिएको छ र थप अनुसन्धान जारी छ।

प्रहरीले प्रारम्भिक रूपमा अत्यधिक मदिरा सेवनकै कारण मृत्यु भएको हुन सक्ने अनुमान गरे पनि वास्तविक कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै पुष्टि हुने जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय