बजेट अधिवेशन प्रभावकारी बनाउने तयारी, पारदर्शिता र सुधारमा सभामुखको जोड

spot_img

काठमाडौँ,०४ वैशाख । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।

सिंहदरबारमा संसदीय मामिला पत्रकार समाज सँगको अन्तरक्रिया कार्यक्रममा उनले संसद्का गतिविधिलाई थप पारदर्शी बनाउने लक्ष्यसहित प्रत्यक्ष प्रसारणको दायरा विस्तार गर्ने योजना सुनाए।

सभामुख अर्यालले सञ्चारकर्मीलाई संसद् पहुँचमा कुनै अवरोध नहुने स्पष्ट पार्दै खुलापन र सहकार्यमा जोड दिए। उनका अनुसार विधेयक निर्माण प्रक्रियामा सबै सरोकारवालासँग बारम्बार छलफल गरेर मात्र अघि बढ्ने अभ्यासलाई संस्थागत गरिनेछ।

उनले देशको आवश्यकतालाई ध्यानमा राख्दै संसद्मा नयाँ नजिर स्थापित गर्ने आवश्यकता औंल्याए। “समाज र देशको आवश्यकता अनुसार नयाँ अभ्यास विकास गर्नुपर्छ,” उनले भने।

यसका साथै कानुन निर्माण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन संसदीय नियमावलीमा आवश्यक संशोधन गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए।

सभामुख अर्यालको भनाइमा आगामी अधिवेशनलाई परिणाममुखी, पारदर्शी र सहभागी बनाउनेतर्फ विशेष ध्यान दिइनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय