वाम शक्तिबीच एकता अपरिहार्य: प्रचण्ड

spot_img

काठमाडौँ,०९ वैशाख ।  पुष्पकमल दाहाल प्रचण्ड (प्रचण्ड) ले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच एकताबद्ध मोर्चा बनाउनुपर्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा उनले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको आवश्यकता भएको उल्लेख गरे।

प्रचण्डका अनुसार नेपाली क्रान्तिलाई अगाडि बढाउँदै विभेदरहित र समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका शक्तिहरूबीच सहकार्य अनिवार्य छ। उनले वर्तमान विश्व परिस्थितिमा साम्राज्यवाद झन् आक्रामक बन्दै राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौती सिर्जना गरिरहेको बताए।

उनले यस्तो अवस्थामा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै पक्षधरहरूबीच मोर्चाबन्दी आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, कम्युनिष्ट आन्दोलनले उत्पीडित र उपेक्षित समुदायको अधिकार संरक्षणमा ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउनुपर्ने बताए।

प्रचण्डले विगतका संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै किसान, मजदुर र श्रमजीवी वर्गको पक्षमा आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी अहिलेको पुस्तामा रहेको पनि स्पष्ट पारे।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना विक्रम संवत् २००६ साल वैशाख ९ गते भएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय