विद्युतीय गाडीको भाडा यथावत्, बढी लिए कारबाही हुने चेतावनी

spot_img

काठमाडौँ,०९ वैशाख ।   यातायात व्यवस्था विभागले  विद्युतीय सार्वजनिक सवारीसाधनको भाडा नबढेको स्पष्ट पार्दै तोकिएको भन्दा बढी शुल्क लिने सञ्चालकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

विभागका अनुसार हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन भएका सवारीसाधनमा मात्र लागू भएको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि चैत २५ गतेदेखि स्वचालित प्रणालीअनुसार डिजेल सवारीको भाडा बढाइएको थियो, तर यसले विद्युतीय गाडीलाई समेट्दैन।

यद्यपि, यही अवसरमा केही विद्युतीय सवारी सञ्चालकहरूले समेत भाडा बढाएर असुल गरिरहेको र यात्रुलाई टिकट नदिएको गुनासो बढेपछि विभागले कडा चेतावनी दिएको हो। विभागले स्पष्ट रूपमा भनेको छ कि विद्युतीय सवारीसाधन पेट्रोलियम पदार्थमा निर्भर नहुने भएकाले इन्धन मूल्यवृद्धिको आधारमा भाडा बढाउने कुनै प्रावधान छैन।

विभागले विद्युतीय सवारीमा पुरानै भाडादर लागू रहने दोहोर्‍याउँदै नियम उल्लंघन गर्ने सञ्चालकलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ।

साथै, यात्रुहरूलाई पनि सजग रहन आग्रह गरिएको छ—तोकिएको भन्दा बढी भाडा नतिर्न, अनिवार्य रूपमा टिकट माग्न र कुनै अनियमितता देखिएमा नजिकको प्रहरी वा यातायात कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय