काठमाडौँ,०९ वैशाख । पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी निर्णयको कडा विरोध गरेका छन्।
मंगलबार जारी विज्ञप्तिमा उनले उक्त निर्णयलाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन्।
Nepali Congress का नेता खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म विद्यार्थीहरूको योगदान निर्णायक रहेको बताए।
नेता खड्काले विसं २०३६/३७ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन तथा २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको बताए। वर्तमान सरकारले लोकतान्त्रिक स्वतन्त्रताको उपयोगबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको नेता खड्काको भनाइ छ।
खड्काले विद्यार्थी संगठनहरू केवल राजनीतिक निकाय नभई शैक्षिक क्षेत्रका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने वैधानिक संस्था भएको बताएका छन्।
त्यस्तै, वर्तमान सरकारले लोकतान्त्रिक प्रक्रियाबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नु विरोधाभाषपूर्ण भएको उनको टिप्पणी छ।
उनले सरकारलाई उक्त निर्णय तुरुन्त फिर्ता लिन आग्रह गर्दै अन्यथा लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनी दिएका छन्।

