दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर

spot_img

काठमाडौँ,०९ वैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम प्रसाईँलाई कारबाही गर्न माग गरेको हो। उक्त प्रावधानअनुसार दोषी ठहर भएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

अभियोगपत्रमा प्रसाईँले पटक–पटक सोही प्रकारको कसुर दोहोर्‍याएको उल्लेख गर्दै दफा ४७(२) अनुसार थप सजायको माग गरिएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।

प्रहरी अनुसन्धानअनुसार प्रसाईँले (फेसबुक)मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएका थिए। विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरोध गर्दै उनले “निर्वाचन भए देश टुक्रिन्छ” भन्ने अभिव्यक्ति दिएको अभियोग लगाइएको छ।

अभियोगपत्रमा उनले राजसंस्था र हिन्दु राज्य पुनःस्थापना नभएसम्म चुनाव हुन नदिने तथा निर्वाचन भए अशान्ति निम्तिने चेतावनी दिएको उल्लेख छ। साथै, उनका भिडियो सामग्रीमा हिंसात्मक र उत्तेजक भाषा प्रयोग गरिएको प्रमाणका रूपमा पेश गरिएको जनाइएको छ।

प्रकरणमा अदालतको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय