मालपोत र नापी कार्यालयमा लेखापढी व्यवसायीका लागि ड्रेस कोड लागू हुने

spot_img

काठमाडौँ,०९ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत तथा नापी कार्यालयहरूमा सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ।

मन्त्रालयले देशभरका मालपोत र नापी कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूका लागि अनिवार्य ड्रेस कोड, परिचयपत्र र सेवा शुल्कको रेट कार्ड लागू गर्ने तयारी गरेको हो।

बुधबार लेखापढी व्यवसायीहरूसँगको छलफलपछि मन्त्री प्रतिभा रावलले व्यवसायीहरूले आफ्नो स्पष्ट पहिचान खुल्ने परिचयपत्र प्रयोग गर्न, एकरूप ड्रेस कोड अपनाउन र सेवा शुल्क पारदर्शी बनाउन रेट कार्ड अनिवार्य रूपमा राख्न आग्रह गरिएको जानकारी दिइन्।

मन्त्रालयका अनुसार यस कदमले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै बिचौलियाको प्रभाव घटाउने लक्ष्य राखिएको छ। यसअघि चैत दोस्रो साता मन्त्रालयले मालपोत र नापी कार्यालयहरूमा बिचौलियाहरूको प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय