बीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा ‘श्री श्री १०८ श्रीराम महायज्ञ’ सुरु

spot_img

बीरगन्ज,०९ वैशाख । बीरगन्ज महानगरपालिका–७ कुम्हालटोलस्थित रेल्वे रोड छेउको पञ्चमुखी हनुमान मन्दिर परिसरमा बुधबारदेखि ‘श्री श्री १०८ श्रीराम महायज्ञ तथा भव्य श्रीराम कथा’ सुरु भएको छ।

वैशाख १७ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको उद्घाटनसँगै पहिलो दिन श्रद्धालुहरूको व्यापक सहभागितामा भव्य कलश यात्रा निकालिएको आयोजकले जनाएको छ।

मन्दिर परिसरबाट सुरु भएको कलश यात्रा नगरका विभिन्न भाग परिक्रमा गर्दै घडिअर्वा पोखरी पुगेर जल भरी पुनः नगर परिक्रमा गर्दै महायज्ञ स्थलमै पुगेर समापन गरिएको थियो।

महायज्ञ अवधिभर दैनिक रूपमा पूजा, हवन, श्रीराम कथा वाचन तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। देशका विभिन्न स्थानबाट आएका पण्डित तथा कथावाचकहरूले कथा प्रवचन गर्ने कार्यक्रमसमेत रहेको छ।

धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव कायम गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजकले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय