बीरगन्जको लजमा प्रहरीकाे छापा, लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ

spot_img

बीरगन्ज,०९ वैशाख  । बीरगन्जको एक होटलमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेल रहेका छन्।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–८ लिंकरोडस्थित समर होटल एण्ड लजको कोठा नम्बर १०५ मा छापा मारेको थियो।

खानतलासीका क्रममा पटेलको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ट्याब्लेट ३० हजार पिस (३ हजार पत्ता) बरामद गरिएको प्रहरीले जनाएको छ।

पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार लागूऔषधसहित पक्राउ परेका पटेललाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले लागूऔषध ओसारपसारको सञ्जालबारे पनि अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय