२० किलोभन्दा बढी गाँजासहित एक महिला पक्राउ

spot_img

सिरहा,०९ वैशाख । सिरहाको गोलबजारबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ टुडकीयाकी गीता कुमारी साह रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुदन केसीका अनुसार विशेष सुराकीको आधारमा मंगलबार दिउँसो उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार साहलाई उनको घरमै प्लास्टिकको झोलामा गाँजा प्याकिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। घरबाट २० किलो ४ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा साहले अन्यत्रबाट गाँजा खरिद गरी भारततर्फ पुर्‍याएर बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीको दाबी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय