सरकार बनेको २६ दिनमै दुई मन्त्री पदमुक्त

spot_img

काठमाडौँ,०९ वैशाख प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन्।

यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदमुक्त भएका थिए। उनीमाथि आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराएको आरोप लागेपछि विवादमा परेका थिए। त्यसपछि सम्बन्धित दलको सिफारिसमा उनलाई तत्काल पदबाट फिर्ता बोलाइएको थियो।

त्यसैगरी अहिले गृहमन्त्री सुधन गुरुङले पनि पदबाट राजीनामा दिएका छन्। सम्पत्ति विवरण र लगानीसँग सम्बन्धित विषयमा प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएको घोषणा गरेका हुन्।

गुरुङले केही दिनअघि सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भइरहेको थियो। त्यससँगै माइक्रो इन्स्योरेन्स लगायत क्षेत्रमा गरिएको लगानीबारे थप विवरण सार्वजनिक भएपछि विवाद झन् चुलिएको थियो।

यसैबीच, उनले सञ्चालन गरेको सामाजिक संस्था “हामी नेपाल” मार्फत आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको लगायत विषय बाहिरिएपछि उनीमाथि नैतिक दबाब बढेको बताइएको छ।

बढ्दो आलोचना र दबाबका बीच गुरुङले पदबाट राजीनामा दिएको जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय