बारामा हुने इज्तिमामा विदेशी सहभागिता रोक्न विश्व हिन्दू परिषद्को माग

spot_img

बीरगन्ज,०९ वैशाख । बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक सभा ‘इज्तिमा’मा विदेशी नागरिकहरूको सहभागिताप्रति आपत्ति जनाउँदै विश्व हिन्दू परिषद् नेपालले कडाइ गर्न माग गरेको छ।

परिषद्ले बुधबार जिल्ला प्रशासन कार्यालय बाराजिल्ला प्रशासन कार्यालय पर्सामा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै विशेषगरी तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश र सहभागिता रोक्न आग्रह गरेको हो।

आगामी वैशाख ११ देखि १४ गतेसम्म बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२४, हरपुरमा इज्तिमा आयोजना हुने तयारी भइरहेको छ। परिषद्का अनुसार पाकिस्तान, बंगलादेशलगायत देशबाट सहभागी आउने सूचना प्राप्त भएकाले सुरक्षा संवेदनशीलता बढ्न सक्ने भन्दै ध्यानाकर्षण गराइएको हो।

ज्ञापन पत्रमा धार्मिक भेलाको नाममा छिमेकी तथा तेस्रो मुलुकका नागरिकहरू अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने र लुकिछिपी बस्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले राष्ट्रिय सुरक्षा संयन्त्रमा चुनौती थप्न सक्ने परिषद्को भनाइ छ।

विशेषगरी बंगलादेश र म्यानमारबाट आएका रोहिङ्ग्या समुदायका व्यक्तिहरू यस्ता कार्यक्रममार्फत नेपाल प्रवेश गर्न सक्ने सम्भावनाप्रति पनि प्रशासनलाई सचेत रहन आग्रह गरिएको छ।

परिषद्ले नेपाल–भारत सीमाको संवेदनशीलतालाई ध्यानमा राख्दै अवैध घुसपैठ रोक्न तथा साम्प्रदायिक सद्भाव कायम राख्न आवश्यक निगरानी र छानबिन गर्न माग गरेको छ।

ज्ञापन पत्रमा परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको हितअनुसार विदेशी सहभागीहरूको कडाइका साथ नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय