सुनचाँदीको मूल्य घट्यो, आजको नयाँ दर सार्वजनिक

spot_img

काठमाडौँ,१० वैशाख । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ९० रुपैयाँ निर्धारण गरिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ११० रुपैयाँले घट्दै ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने चाँदीको मूल्य ५ हजार १३० रुपैयाँ थियो।

यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३०४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पछिल्लो समय सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय