मधेश प्रदेशको बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक

spot_img

जनकपुर,१० वैशाख । प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशकी सदस्य डा. शिला मिश्रले मधेश प्रदेशका लागि निकै अर्थपूर्ण रहेको बताएकी छन्।

कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशकी सदस्य  डा. शिला मिश्रले उक्त सर्वेक्षण मधेश प्रदेशको वास्तविक अवस्था बुझ्न र दीर्घकालीन नीति निर्माणका लागि अत्यन्त महत्वपूर्ण भएको बताइन्। उनका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, बालबालिका तथा आधारभूत आवश्यकतासम्बन्धी सूचकहरूले प्रदेशको समग्र अवस्था स्पष्ट पार्नेछ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराईले सर्वेक्षणले महिला र बालबालिकाको अवस्था सुधार गर्न आवश्यक कदम पहिचान गर्न सहयोग गर्ने बताए।

सर्वेक्षणबारे जानकारी दिँदै राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले शिक्षा, मातृ तथा शिशु स्वास्थ्य, खानेपानी, सरसफाइ, सुरक्षा, विभेद तथा मानसिक स्वास्थ्यलगायतका सूचकहरू समेटिएको जानकारी दिए।

उक्त सर्वेक्षण अन्तर्गत देशभरका घरपरिवारबाट विस्तृत तथ्यांक संकलन गरिएको छ, जसमा १५–४९ वर्ष उमेर समूहका व्यक्ति, ५–१७ वर्षका बालबालिका तथा ५ वर्षमुनिका शिशुहरू समावेश छन्। बालबालिकाको पोषण अवस्था मूल्यांकनका लागि तौल र उचाइ मापनसमेत गरिएको थियो।

विशेष रूपमा, पहिलोपटक १५–२४ वर्ष उमेर समूहका युवाको मानसिक स्वास्थ्यसम्बन्धी विवरण पनि समेटिएको छ, जसले भविष्यमा नीतिगत निर्णय लिन सहयोग गर्ने अपेक्षा गरिएको छ। साथै, घरपरिवारमा प्रयोग हुने खानेपानीको गुणस्तर परीक्षण गर्दै इकोलाई जीवाणु र आर्सेनिकको मात्रा समेत जाँच गरिएको थियो।

प्रारम्भिक नतिजाअनुसार शिक्षा, स्वास्थ्य पहुँच र बाल मृत्युदरजस्ता क्षेत्रमा सुधार देखिए पनि केही सूचकहरूमा अझै चुनौती रहेको कार्यक्रममा औंल्याइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय