गलत लिखत प्रकरणमा मालपोतका कर्मचारीसहित तीन जनालाई सजाय

spot_img

जनकपुर,१० वैशाख ।  विशेष अदालतले गलत लिखत (जालसाजी) तयार गरेको अभियोगमा महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका जलेश्वरका दुई कर्मचारीसहित तीन जनालाई कैद र जरिवानाको सजाय सुनाएको छ।

अदालतले साविक इटरहर्वाकट्टीको ५ कठ्ठा १२ धुर जग्गा कम्प्युटर प्रणालीमार्फत राजीव कुमार ठाकुरको नाममा स्रेस्ता अद्यावधिक गरिएको प्रकरणमा उनीहरू दोषी ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीशहरूको इजलासले नासु पदका एक कर्मचारीलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना, कम्प्युटर अपरेटरलाई ३ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तथा सोही प्रकरणमा संलग्न राजीव कुमार ठाकुरलाई पनि समान सजाय सुनाएको छ।

अदालतले तीनै जनालाई पीडित राहत कोषमा जनही १ हजार ६ सय रुपैयाँ बुझाउन समेत आदेश दिएको छ।झण्डै तीन महिनाअघि दायर भएको मुद्दामा प्रमाणका आधारमा उनीहरू दोषी ठहर गरिएको अदालतले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय