सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको माग

spot_img

काठमाडौँ,१० वैशाख । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन र सूचना नदिने निर्णयप्रति जनता समाजवादी पार्टी (जसपा), नेपालले कडा आपत्ति जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै संघीय, प्रदेश र स्थानीय निकायलाई सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न निर्देशन दिएको थियो। सो निर्णयलाई जसपा नेपालले प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भन्दै तत्काल फिर्ता लिन माग गरेको हो।

पार्टीका अनुसार निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र नियन्त्रणमा राख्ने सरकारी मनसाय देखिएको छ, जसले लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रता दुवैलाई असर पार्ने खतरा रहेको छ।

जसपा नेपालले विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्नु लोकतन्त्रको चौथो अंगमाथि आक्रमण भएको दाबी गरेको छ। साथै, यो निर्णयले पत्रकारिता क्षेत्रमा रोजगारी संकट सिर्जना गर्ने र धेरै सञ्चारमाध्यम बन्द हुने अवस्था आउन सक्ने चेतावनी दिएको छ।

पार्टीले सरकारले चालिरहेको कदमले प्रेस स्वतन्त्रता कमजोर बनाउने र स्वतन्त्र पत्रकारितालाई नै जोखिममा पार्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय