तराई–मधेसमा आज पनि तातो हावा चल्ने सम्भावना

spot_img

बीरगन्ज,१० वैशाख । काठमाडौंस्थित जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मिश्रित मौसम रहने जनाएको छ। विशेषगरी तराई–मधेसका जिल्लाहरूमा तातो हावा (Heatwave) चल्ने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। यही कारण केही क्षेत्रहरूमा तातो दिनको अनुभव हुने सम्भावना छ।

मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका र खोँच क्षेत्रमा तातो हावा चल्ने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (Heatwave) देखिन सक्ने चेतावनी पनि दिइएको छ।

त्यसैगरी कोसी, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोसी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा भने अधिकांश हिमाली, पहाडी र तराई भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय