भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना, एक बालकको मृत्यु, २१ जना घाइते

spot_img

काठमाडाै,१० वैशाख । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये ५ जना बालबालिका रहेका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

प्रहरीका अनुसार मृतक बालकको पहिचान खुल्न बाँकी रहेको छ। घाइतेहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारका लागि लगिएको थियो।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय