बीरगन्ज महानगरमा आज शोक बिदा, अत्यावश्यक बाहेक सेवा बन्द

spot_img

बीरगन्ज,११ वैशाख । बीरगन्ज महानगरपालिका ले आफ्ना कर्मचारी सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज महानगर क्षेत्रमा शोक बिदा दिएको छ।

महानगरका अनुसार मेस्तर्नीको वैशाख ४ गते निधन भएको थियो। उनी २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत थिइन्।

दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्न शुक्रबार बिहान महानगर परिसरमा शोकसभा आयोजना गरिएको थियो। कार्यक्रममा महानगरका मेयर राजेशमान सिंह, प्रशासन प्रमुख सुनिल कुमार कर्ण लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

महानगरपालिकाले मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ। प्रशासन प्रमुख कर्णका अनुसार आज अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका अन्य सबै सेवा बन्द रहनेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय