सुनसरी,२४ वैशाख ।सुनसरीकाे रामधुनी नगरपालिका–६ ढेडीगाउँमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय आकाश चौधरीका ६ वर्षीय छोरा प्रनिक चौधरी र अभिनाष चौधरीका ९ वर्षीय छोरा विकास चौधरी रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार सेउती खोला किनार नजिक रहेको खाल्डोमा जमेको पानीमा डुबेका उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि सान्वि सिटी अस्पताल, लबिपुर लगिएको थियो।
तर उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


