सशस्त्रका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

spot_img

काठमाडौँ, १२ वैशाख । सशस्त्र प्रहरी बल नेपालका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा सिफारिस समितिले शुक्रबार गरेको निर्णयअनुसार वरिष्ठता र कार्यसम्पादनका आधारमा उनीहरूलाई डीआईजीमा उकास्न सिफारिस गरिएको हो।

सिफारिस सूचीमा पहिलो नम्बरमा दिग्विजय सुवेदी रहेका छन्। त्यसपछि क्रमशः किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेतीनेत्रबहादुर कार्की रहेका छन्।

अब बढुवा प्रक्रियाको अन्तिम निर्णय सम्बन्धित निकायबाट अनुमोदन भएपछि मात्रै लागू हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय