प्रधानमन्त्री र मन्त्रीलाई समान कूटनीतिक आचारसंहिता लागू गर्ने तयारी : परराष्ट्रमन्त्री खनाल

spot_img

काठमाडौं,१२ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनाल ले कूटनीतिक आचारसंहिता पालनालाई थप कडा र व्यवस्थित बनाउने सरकारको तयारी रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० द्वारा मनमैजुमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री, मन्त्री र अन्य सार्वजनिक पदधारी सबैलाई समान रूपमा कूटनीतिक नियम लागू गरिने बताए।

उनका अनुसार कूटनीतिक आचरणलाई प्रभावकारी बनाउन सरकार तालिम कार्यक्रमसमेत सञ्चालन गर्ने तयारीमा छ। सबै उच्च पदस्थ व्यक्तिले एउटै मापदण्डअनुसार आचरण पालना गर्नुपर्नेमा उनले जोड दिए।

खनालले सरकार सुशासन र आर्थिक समृद्धिको लक्ष्यमा केन्द्रित रहेको पनि बताए। उनका अनुसार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएर काम अघि बढाइएको छ। उनले रास्वपाको चुनावी वाचापत्रअनुसार सुशासन र विकासका एजेन्डा कार्यान्वयनमा सरकार सक्रिय रहेको दाबी पनि गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय