कपिलवस्तुमा स्कार्पियो दुर्घटना, दुईको मृत्यु, तीन घाइते

spot_img

बुटवल,१३ वैशाख । कपिलवस्तु मा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवा क्षेत्रमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो गाडी ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बहादुरगञ्जबाट तौलिहवातर्फ आइरहेको भारतीय नम्बरको स्कार्पियो (यूपी ३२ सीए ८३४३) अनियन्त्रित भई सडक किनारमा रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले जनाएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा महाराजगञ्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी रहेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार स्कार्पियो गाडी अनियन्त्रित भई पार्किङ गरिएको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय