मकवानपुरमा ओभरलोड १३ टिपर नियन्त्रणमा

spot_img

मकवानपुर,१३ वैशाख । मकवानपुर जिल्लामा ओभरलोड अवस्थामा सञ्चालन भइरहेका १३ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानी क्षेत्रमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेका ती टिपरहरूलाई शनिबार प्रहरीले गस्तीका क्रममा रोकेको हो।

नेपाल प्रहरीका अनुसार चेकजाँचका क्रममा ती टिपरहरूमा क्षमता भन्दा बढी चुनढुंगा लोड गरिएको पाइएको थियो। साथै आवश्यक कागजात (बिल) समेत नदेखिएको कारण सबै सवारी साधन नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका टिपरहरू विभिन्न नम्बर प्लेट भएका रहेका छन् र ती सबैलाई थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले सडक सुरक्षा र अवैध ढुवानी नियन्त्रणलाई ध्यानमा राख्दै यस्ता गतिविधिमाथि निगरानी कडाइ गरिएको पनि स्पष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय