सरकारले दुई अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले अध्ययन गर्दै

spot_img

काठमाडौँ,१५ वैशाख ।  सरकारले संसद् अधिवेशन रोकिएसँगै दुई वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशसहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिकहाँ पठाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै अध्यादेशको अध्ययन गरिरहेको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार हाल अध्यादेशहरू कानुनी र नीतिगत दृष्टिले अध्ययनको क्रममा छन्।

सरकारले यसअघि वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेको थियो। तर पछि विशेष कारण देखाउँदै अधिवेशन रोकिएको थियो। त्यसपछि संसद् चलिरहेको अवस्थामा अध्यादेश ल्याउन नमिल्ने भएकाले सरकारले वैकल्पिक बाटो रोजेको देखिएको छ।

अध्यादेश सिफारिससँगै सरकारको निर्णय प्रक्रियाबारे राजनीतिक वृत्तमा फेरि बहस सुरु भएको छ। संसद् छल्दै अध्यादेशमार्फत कानुन अघि बढाइएको भन्दै विभिन्न पक्षबाट प्रश्न समेत उठ्न थालेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय