काठमाडौंमा सिक्री लुट्ने गिरोह पक्राउ

spot_img

काठमाडौँ,१५ वैशाख । राजधानीका विभिन्न स्थानमा महिलाको सुनको सिक्री लुटपाट गर्दै आएका एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने पाँच जनामाथि पछिल्ला महिनाहरूमा भएका श्रृंखलाबद्ध लुटपाट घटनामा संलग्न रहेको आरोप छ।

पक्राउ परेकामध्ये नुवाकोटको ककनी नगरपालिका–३ का २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ र २१ वर्षीय सुजन तामाङ रहेका छन्। यस्तै विदुर नगरपालिका–४ का ४४ वर्षीय सतीस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी पनि नियन्त्रणमा परेका छन्।

प्रहरीका अनुसार यो समूहले पैदल हिँडिरहेका महिलालाई लक्षित गर्दै मोटरसाइकल प्रयोग गरेर सिक्री लुट्ने गरेको थियो। गत चैत १२ गते मातातीर्थ स्थित फन पार्क आसपास एक महिलाको सिक्री थुतेर फरार भएको घटनाबाट उनीहरूको गतिविधि सुरु भएको पाइएको छ।

त्यसपछि १९ चैतमा नैकाप क्षेत्रमा ७० वर्षीया महिलामाथि र ६ वैशाखमा चन्द्रागिरि क्षेत्रमा पनि यस्तै लुटपाट भएको प्रहरीले जनाएको छ। यी सबै घटनामा यही समूह संलग्न रहेको पुष्टि भएपछि अनुसन्धान अघि बढाइएको हो।

प्रहरी वृत्त थानकोट को टोलीले उनीहरूलाई काठमाडौँको पैयुँटार क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउका क्रममा १२.९० ग्राम सुन, खुकुरी, रेन्ची, पेचकस लगायतका हतियार तथा उपकरणहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले गिरोहले संगठित रूपमा योजना बनाएर लुटपाट गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँदै थप अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय