चुडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुनः सुनुवाइ स्थगित

spot_img

काठमाडौँ,१५ वैशाख । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरुद्ध दायर दुई वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ।

विशेष अदालत नेपालमा न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार हुने भनिएको सुनुवाइ शर्माका कानुन व्यवसायीको आग्रहपछि स्थगित गरिएको हो।

शर्मामाथि गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व चुहावटसँग सम्बन्धित मुद्दा दायर गरिएको छ। यसअघि कर फर्छ्यौट आयोगमार्फत कर छुट दिँदा अनियमितता भएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसमेत प्रतिवादी रहेका छन्। करिब १० अर्ब २ करोड रुपैयाँभन्दा बढी राजस्व छुट दिई अनियमितता गरिएको आरोप उनीहरूमाथि लागेको छ।

यसअघि विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको थियो। तर सो फैसलाविरुद्ध पुनरावेदन गर्दै प्रतिवादीहरू सर्वोच्च अदालत नेपाल पुगेका थिए।

सर्वोच्च अदालतले २०८२ असार २५ मा विशेष अदालतको फैसलामा प्रश्न उठाउँदै पुनः सुनुवाइ गर्न निर्देशन दिएको थियो। त्यसपछि मुद्दा फेरि विशेष अदालतमा फर्काइएको हो।

तर पुनः सुरु भएको सुनुवाइ पनि कानुनी प्रक्रिया र बहसका कारण पटक–पटक स्थगित हुँदै आएको छ, जसले मुद्दा अझै लम्बिने संकेत देखाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय