हुम्ला,२१ वैशाख । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको टोलीले ६३ वर्षीय मक्कबहादुर रोकायाको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक, १२ थान फलामका गोली र करिब ९० ग्राम बारुद बरामद गरेको जनाएको छ।
प्रहरीले बरामद हातहतियारसहित रोकायालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

