नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज

spot_img

काठमाडौं,२१ वैशाख  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो।

बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक एजेन्डामाथि छलफल हुने तयारी गरिएको छ। कांग्रेस महामन्त्री गुरुराज घिमिरेका अनुसार बिहान ११ बजे एजेन्डा तय गर्न छुट्टै छलफल गरिनेछ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि जानकारी गराइएको बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय