रौतहटमा बोक्सी आरोपमा महिलामाथि कुटपिट र अमानवीय व्यवहार, एक पक्राउ

spot_img

रौतहट,२१ वैशाख । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट तथा मलमुत्र खुवाएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ५५ वर्षीया महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा ३० वर्षीय शंकर माझीलाई नियन्त्रणमा लिइएको हो। स्थानीय केही व्यक्तिहरूले ती महिलालाई बोक्सीको आरोप लगाउँदै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए।

घटनाका क्रममा पीडित महिलालाई जबर्जस्ती मलमुत्र खुवाइएको प्रहरीले जनाएको छ। पीडितले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि प्रहरी टोलीले घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी  बिष्णु प्रदिप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय