काठमाडौं,२५ वैशाख । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। लगातार बढिरहेको सुनको भाउ आज प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यससँगै चाँदीको मूल्य एकैदिन प्रतितोला १ सय २० रुपैयाँले वृद्धि भएको छ।




