spot_img

विश्व रेडक्रस दिवसमा बीरगन्जमा विविध कार्यक्रम

spot_img
spot_img

बीरगन्ज,२५ वैशाख  । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले बीरगन्जमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

शाखा भवनमा आयोजित कार्यक्रममा झण्डोत्तोलन, दीप प्रज्वलन तथा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाँ को तस्बिरमा माल्यार्पण गरी कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सभापति बृज किशोर पटेल, उपाध्यक्ष मधु राणा, कार्यकारिणी सदस्य दिनानाथ रौनियार, मुना खनाल, रेसमकोठी उपशाखाका अभिलाष गुप्ता, राजन श्रीवास्तव, लक्ष्मीनारायण राउत, बाबुनन्द चौरसिया, मिना क्षेत्री तथा कार्यालय प्रमुख बिरसमसेर कुर्मी लगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले ड्युनाँको योगदानको स्मरण गर्दै रेडक्रसको मानवता, सेवा र परोपकारका सिद्धान्तअनुसार निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस अवसरमा पर्सा जिल्लास्थित रेडक्रस प्रावि विद्यालय लक्ष्मीपुरका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ। विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल लगायतका स्टेशनरी सामग्रीसँगै पाइन्ट र सर्ट समेत वितरण गरिने रेडक्रस पर्सा शाखाले जनाएको छ।

रेडक्रसले गरेको यस कार्यक्रमले सामाजिक सेवा, शिक्षा र मानवताप्रतिको भावना अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय