spot_img

प्रधानन्यायाधीश सिफारिस विवादले सर्वोच्च अदालतको दैनिक पेशी प्रभावित

spot_img
spot_img

काठमाडौं,२५ वैशाख । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिसप्रति असन्तुष्टि देखिएपछि नियमित दैनिक पेशी सूची सार्वजनिक हुने कार्य प्रभावित भएको छ।

सर्वोच्च अदालत मा वरीयता र परम्परा मिचेर चौथो नम्बरमा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयले न्यायाधीशहरूबीच असन्तुष्टि चुलिएको बताइएको छ।

यसअघि बिहान साढे ९ देखि पौने १० बजेसम्म सार्वजनिक हुने दैनिक पेशी सूची शुक्रबार ११ बजेसम्म पनि जारी हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ। गोला प्रणालीमार्फत मुद्दा बाँडफाँड गर्ने प्रक्रिया पनि रोकिएको छ।

न्यायाधीशहरू र सर्वोच्च प्रशासनका उच्च अधिकारीहरूबीच आन्तरिक छलफल जारी रहेको बताइएको छ। एक कर्मचारीका अनुसार न्यायाधीशहरू गोला प्रक्रियामा सहभागी नभएसम्म पेशी सूची सार्वजनिक हुन नसक्ने अवस्था बनेको छ।

वरीयतामा अग्रस्थानमा रहेका न्यायाधीशहरूलाई पन्छाएर सिफारिस गरिएको निर्णयलाई न्यायिक परम्परा विपरीतको कदमका रूपमा व्याख्या गरिएको छ। यसले सर्वोच्च अदालतको नियमित कामकाजमा असर परेको मात्र नभई न्यायपालिका र राजनीतिक नेतृत्वबीचको सम्बन्धबारे पनि बहस सुरु गराएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय