spot_img

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न महोत्तरी प्रशासनको चेतावनी

spot_img
spot_img

महोत्तरी,२५ वैशाख । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्न राजनीतिक दल तथा विभिन्न समूहलाई चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनामा आन्दोलन, बन्द, हड्ताल, चक्काजाम, धर्ना तथा जुलुसजस्ता गतिविधिमा बालबालिकालाई सहभागी नगराउन स्पष्ट आग्रह गरिएको छ।

प्रशासनले पछिल्लो समय विभिन्न दल तथा समूहले आफ्ना राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रदर्शन तथा आन्दोलनमा प्रयोग गर्न सक्ने सम्भावना देखिएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सूचनामा बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकालाई कुनै पनि प्रकारका राजनीतिक प्रयोजनका लागि प्रयोग गर्नु कानुनविपरीत हुने उल्लेख गरिएको छ।

प्रशासनले बालबालिकाको कोमल मनोविज्ञान र भविष्यसँग खेलबाड नगर्न सबै पक्षलाई सचेत गराउँदै, यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ। सूचनाको अवज्ञा गरी बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराएको पाइएमा संलग्न व्यक्ति वा समूहलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय