spot_img

विद्यालयमा बिना अनुमति भिडियो खिच्ने युट्युबरलाई लालबन्दी नगरपालिकाको चेतावनी

spot_img
spot_img

सर्लाही,२५ वैशाख । सर्लाहीको लालबन्दी नगरपालिकाले विद्यालय परिसरभित्र बिना अनुमति प्रवेश गरी भिडियो खिच्ने तथा अन्तरवार्ता लिने युट्युबरहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

नगरपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही व्यक्तिहरूले पठनपाठन भइरहेको समयमा विद्यालयभित्र प्रवेश गरी अनावश्यक रूपमा भिडियो बनाउने र शिक्षक–विद्यार्थीसँग अन्तरवार्ता लिने गरेको भन्दै यस्तो गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

सामुदायिक विद्यालयहरूबाट प्राप्त उजुरीका आधारमा नगरपालिकाले यस्तो कदम चालेको जनाएको छ। नगरपालिकाका अनुसार प्रधानाध्यापकहरूसँगको छलफलपछि यस्ता गतिविधिले शिक्षकहरूको मनोबल घटाउने र शैक्षिक वातावरणमा असर पार्ने निष्कर्ष निकालिएको हो।

नगर प्रमुख वासुदेव अधिकारीद्वारा जारी विज्ञप्तिमा बिना अनुमति विद्यालय प्रवेश गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रसारण गर्ने कार्यप्रति आपत्ति जनाइएको छ। यस्ता कार्य कानुनअनुसार दण्डनीय हुने भएकाले सचेत रहन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

नगरपालिकाले विद्यालयको शैक्षिक वातावरण शान्तिपूर्ण र मर्यादित बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गर्दै, बिना अनुमति विद्यालयमा प्रवेश गरी बाधा पुर्‍याउने जो कोहीलाई पनि कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय