spot_img

मटिअर्वा छोटी भन्सार पुनः सञ्चालनको तयारी

spot_img
spot_img

बीरगन्ज,२५ वैशाख । लामो समयदेखि बन्दप्रायः रहेको मटिअर्वा छोटी भन्सार पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सरकारले अगाडि बढाएको छ। सीमावर्ती क्षेत्रका नागरिकको निरन्तर माग र स्थानीय आर्थिक गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसहित भन्सार पुनः सञ्चालनको तयारी थालिएको हो।

नेपाल सरकारले सञ्चालनमा रहेका १८ वटा छोटी भन्सारको सूचीमा वीरगञ्ज भन्सार कार्यालय अन्तर्गत पर्ने मटिअर्वा छोटी भन्सारलाई समावेश गरेसँगै आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइएको जनाइएको छ। सम्बन्धित निकायले अब सञ्चालनका लागि आवश्यक व्यवस्थापन, जनशक्ति तथा संरचनागत तयारीलाई तीव्रता दिने बताएका छन्।

भन्सार पुनः सञ्चालन भएपछि नेपाल–भारत सीमाक्षेत्रको व्यापारिक गतिविधि सहज हुने, स्थानीय व्यवसायीलाई राहत पुग्ने तथा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यस कदमलाई क्षेत्रीय आर्थिक चलायमानताका लागि महत्वपूर्ण निर्णयका रूपमा लिएका छन्।

यसैबीच, अरविन्द साह ले भन्सार क्षेत्रको भौतिक पूर्वाधार निर्माण, स्तरोन्नति तथा व्यवस्थापनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गर्न सरकारसँग माग गरेका छन्। उनका अनुसार मटिअर्वा नाकाको विकासले सीमावर्ती क्षेत्रको समग्र आर्थिक गतिविधि र व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय