spot_img

प्रधानन्यायाधीश नियुक्ति विवादमा हर्क साम्पाङको आपत्ति, उपसभामुख ठाकुरप्रति पनि असन्तुष्टि

spot_img
spot_img

काठमाडौं,२५ वैशाख । हर्क साम्पाङ ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद् छल्दै अध्यादेश ल्याइनु र न्यायालयको वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्त गरिनु विधि र सुशासनविरुद्धको कदम भएको बताएका हुन्।

उनले राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गरेर अध्यादेश जारी गराउनु सरकारको गलत निर्णय भएको उल्लेख गर्दै चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को गम्भीर त्रुटि भएको टिप्पणी गरेका छन्। सुशासन र विधिको शासनको प्रतिबद्धता जनाएर सत्तामा पुगेका दलहरूले नै कानुनी प्रक्रिया मिचेको आरोप उनले लगाएका छन्।

साम्पाङले उक्त नियुक्तिमा राजनीतिक तथा कानुनी स्वार्थ जोडिएको आशंका समेत व्यक्त गरेका छन्। सहकारी ठगी प्रकरण र भदौ २३–२४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा आफ्नो पक्षमा अदालतबाट निर्णय गराउने उद्देश्यले यस्तो नियुक्ति गरिएको हुन सक्ने आशंका विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यसैगरी, नियुक्ति सम्बन्धी छलफलका क्रममा एमसीसी र एसपीपीजस्ता संवेदनशील विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी पनि उनले गरेका छन्।

यस विषयमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबीकुमारी ठाकुर प्रति समेत साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन्। वरीयताको सिद्धान्त उल्लङ्घन गरेर गरिएको निर्णयमा उपसभामुख ठाकुरले हस्ताक्षर गरेकोप्रति खेद प्रकट गर्दै उनले पार्टीले विधि मिच्ने कुनै पनि प्रवृत्तिको विरोध जारी राख्ने स्पष्ट पारेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय