spot_img

युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणी रुसका १३ विमानस्थल बन्द

spot_img
spot_img

काठमाडाैं,२५ वैशाख । युक्रेनको ड्रोन आक्रमणका कारण दक्षिणी रुसका १३ वटा विमानस्थल अस्थायी रूपमा बन्द भएका छन्। दक्षिणी रुस स्थित हवाई नेभिगेसन प्रणालीको प्रशासनिक भवनमा ड्रोन आक्रमण भएपछि हवाई सेवा प्रभावित भएको रुसी यातायात मन्त्रालय ले जनाएको छ।

मन्त्रालयका अनुसार रोस्तोभ–अन–डनस्थित क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रमा भएको आक्रमणपछि हवाई ट्राफिक व्यवस्थापन अस्थायी रूपमा समायोजन गरिएको छ। विज्ञप्तिमा सबै कर्मचारी सुरक्षित रहेको र उपकरणहरूको अवस्थाबारे प्राविधिक मूल्याङ्कन भइरहेको उल्लेख गरिएको छ।

यात्रु सुरक्षा र हवाई व्यवस्थापन सहज बनाउन उडान तालिका परिमार्जन तथा हवाई ट्राफिक नियन्त्रण प्रक्रियामा आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय