spot_img

सर्लाहीको बिलन्दीमा ग्यास लिक भएर आगलागी, एक घर पूर्ण रूपमा नष्ट

spot_img
spot_img

सर्लाही,२५ वैशाख । सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी टोलमा ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। हरिवन नगरपालिका–१ स्थित बिलन्दी टोलमा दिवस बम्जनको भान्साघरमा ग्यास सिलिन्डर लिक भएपछि आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीका कारण घरसँगै भित्र रहेका कपडा, फर्निचर, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा नेपाली सेना को भैरवीदल गणबाट पुगेको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवन का प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिएका छन्।

आगलागीबाट ठूलो क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय