spot_img

गीत–सङ्गीतले राष्ट्रिय एकता र भ्रातृत्व मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

spot_img
spot_img

काठमाडौँ,२५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले गीत–सङ्गीतले राष्ट्रिय एकता, भ्रातृत्व र सामाजिक सद्भाव बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकाे छ। नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले कला, साहित्य र सङ्गीत राष्ट्रलाई एउटै सूत्रमा बाँध्ने शक्तिशाली माध्यम भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलका अनुसार नेपालजस्तो बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देशमा कला र सङ्गीतले आपसी प्रेम, मित्रता र एकता बढाउन सहयोग पुर्‍याइरहेको छ। उनले सङ्गीतलाई साझा भाषा, सांस्कृतिक सम्पत्ति र राष्ट्रिय पहिचानको आधारका रूपमा व्याख्या गर्दै यसको शक्ति अपरम्पार रहेको बताए ।

परम्परागत धुन र आधुनिक प्रविधिको सन्तुलन कायम गर्दै नयाँ सिर्जनामा लाग्न स्रष्टाहरूलाई उनले आग्रह गरे । साथै सिर्जनात्मक क्षेत्रमा लाग्ने कलाकारहरूको सम्मान गर्न राज्यले कन्जुस्याइँ गर्न नहुने पनि उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाली सङ्गीत क्षेत्रमा नातिकाजीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनका सिर्जनाहरूले देशभक्ति, प्रेम र मानवीय संवेदनालाई उजागर गरेको उल्लेख गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय