spot_img

सिरहाको बरियारपट्टी भन्सार हटाउने निर्णयप्रति रास्वपाको आपत्ति

spot_img
spot_img

सिरहा,२५ वैशाख । सिरहाको बरियारपट्टी गाउँपालिकास्थित छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाले असन्तुष्टि जनाएको छ। पार्टीले भन्सार कार्यालय हटाउनुको सट्टा त्यसलाई आधुनिक र सुविधा सम्पन्न कार्यालयका रूपमा स्तरोन्नति गर्न सरकारसँग माग गरेको छ।

रास्वपा सिरहाका जिल्ला सभापति हरिप्रसाद मैनालीद्वारा जारी ध्यानाकर्षण पत्रमा सिरहाबाट निर्वाचित संघीय सांसदहरूलाई पनि यस विषयमा जनताको हितअनुसार पहल गर्न आग्रह गरिएको छ। पत्रमा सांसद बलराम गुप्ता, शिवशंकर यादव, डा. शम्भुकुमार यादव, तपेश्वर यादव, डा. ललिताकुमारी शाह र पुरुषोत्तम यादवलाई आवश्यक भूमिका खेल्न अनुरोध गरिएको छ।

यसैबीच, रास्वपा सिरहाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारको निर्णयविरुद्ध भइरहेका सडक आन्दोलन, प्रदर्शन र विरोध कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीले शान्तिपूर्ण र संस्थागत पहलमार्फत समाधान खोज्नुपर्ने धारणा अघि सारेको छ।

सरकारले बरियारपट्टी छोटी भन्सार कार्यालय हटाउने निर्णय गरेपछि स्थानीय व्यापारी र सर्वसाधारणले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन्। स्थानीयले भन्सार कार्यालय हटे सीमावर्ती व्यापार तथा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय