spot_img

राष्ट्रपतिले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

spot_img
spot_img

बीरगन्ज,२५ वैशाख । सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनुरोध गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् को वैशाख २५ गते बसेको बैठकले आगामी वैशाख २८ गते सोमबार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको हो। साथै संसद्का सबै सदस्यहरूको उपस्थिति सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सलहरूलाई पदमुक्त गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुई महत्वपूर्ण महासन्धि अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

यसअनुसार बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी प्रोटोकल नं. २९ तथा श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) अनुमोदनका लागि संसद् समक्ष पेस गरिने भएको छ। सरकारका अनुसार यी निर्णयले अन्तर्राष्ट्रिय श्रम मापदण्ड कार्यान्वयन र श्रम निरीक्षण प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय