spot_img

देशभर मौसम बद्लिँदै, तराईमा चट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

spot_img
spot_img

काठमाडौं,२६ वैशाख । जल तथा मौसम विज्ञान विभाग ले आज देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जनाएको छ। मौसमविद्का अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव सक्रिय रहेको छ।

मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल मधेश, बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था रहेको छ। तराईका अधिकांश क्षेत्रमा पनि आंशिक बदली देखिएको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा सुरु भइसकेको मौसम विभागले जनाएको छ।

महाशाखाले दिउँसोपछि देशभर मौसममा थप परिवर्तन आउने अनुमान गरेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको संकेत समेत गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने तथा पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपात जारी रहन सक्ने पूर्वानुमान छ।

मौसमविद्हरूले चट्याङ, वर्षा र खराब मौसमका कारण कृषि कार्य, यात्रा तथा दैनिक गतिविधिमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय