spot_img

सुकुमबासीमाथि अन्याय नगर्न सरकारलाई नारायणकाजी श्रेष्ठको चेतावनी

spot_img
spot_img

काठमाडौं,२६ वैशाख । नारायणकाजी श्रेष्ठ ले सुकुमबासी समुदायप्रति सरकारको व्यवहार अमानवीय भएको आरोप लगाएका छन्। सर्लाहीको बागमती नगर क्षेत्रमा आयोजित सुकुमबासीको प्रदर्शनलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी का नेता श्रेष्ठले सुकुमबासीलाई नागरिकसरह सम्मान र अधिकार दिनुपर्ने उल्लेख गर्दै उनीहरूलाई जबर्जस्ती हटाउने कार्य गैरकानुनी हुने बताए। उनले सरकार निरंकुश शैलीमा अघि बढ्न खोजेको आरोप लगाउँदै जनताको आवाज दबाउने प्रयास स्वीकार्य नहुने धारणा राखे।

श्रेष्ठले सुकुमबासीलाई आफ्नो अधिकारका लागि संगठित भएर प्रतिरोध गर्न आग्रह गर्दै अन्ततः सत्य र न्यायको जित हुने विश्वास व्यक्त गरे। उनले विश्वभर निरंकुश प्रवृत्ति निर्वाचनबाटै जन्मिए पनि जनविश्वासलाई बेवास्ता गर्ने शासन व्यवस्था दीर्घकाल टिक्न नसक्ने टिप्पणी गरे।

उनले अव्यवस्थित बसोबासको समस्या समाधान गर्दा वैकल्पिक व्यवस्थाविना बस्ती हटाउनु अनुचित हुने बताए। अत्यन्त संवेदनशील क्षेत्र संरक्षण गर्नुपर्ने अवस्था बाहेक भूमिहीन र सुकुमबासीलाई बसोबासको सुनिश्चितता दिन सरकारले बहाना बनाउन नहुने उनको भनाइ थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय