spot_img

एसईईमा मधेश प्रदेशका ३१ हजारभन्दा बढी विद्यार्थी नन–ग्रेडेड

spot_img
spot_img

काठमाडाै,२९ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड ले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाअनुसार मधेश प्रदेश का ३१ हजार ७२५ विद्यार्थी नन–ग्रेडेड भएका छन्।

यस वर्ष मधेश प्रदेशबाट कुल ७६ हजार ३१७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये ४४ हजार ५९२ विद्यार्थी ग्रेडेड भएका छन् भने बाँकी विद्यार्थी नन–ग्रेडेड भएका हुन्।

बोर्डका अनुसार अन्य प्रदेशहरूमा पनि उल्लेख्य संख्यामा विद्यार्थी नन–ग्रेडेड भएका छन्। कोशी प्रदेशमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी नन–ग्रेडेड भएका छन्।

देशभर नियमिततर्फ परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी अवर्गीकृत भएका बोर्डले जनाएको छ।

नन–ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय