spot_img

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत

spot_img
spot_img
काठमाडौँ,२९ वैशाख । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य तथा पार्टीकी केन्द्रीय सचिव पद्मा अर्याल मनोनीत भएकी छन्।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले अर्याललाई उपनेताको जिम्मेवारी दिएका हुन्। दलका प्रमुख सचेतक ऐन महरले उक्त जानकारी दिएका छन्।

यसअघि एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर तथा सचेतकमा नीता घतानीलाई जिम्मेवारी दिइएको थियो। नयाँ जिम्मेवारीसँगै एमालेले संसदीय दलभित्रको नेतृत्व संरचना थप व्यवस्थित बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय