spot_img

एचआईभी संक्रमितको संख्यामा मधेश प्रदेश दोस्रो स्थानमा

spot_img
spot_img

बीरगन्ज,२९ वैशाख । मधेश प्रदेश मा एचआईभी संक्रमितको संख्या उच्च रहेको तथ्याङ्क सार्वजनिक भएको छ। देशभर संक्रमितको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेश मा रहेको छ भने मधेश प्रदेश दोस्रो स्थानमा रहेको स्वास्थ्य सम्बन्धी तथ्याङ्कले देखाएको हो।

स्वास्थ्य निर्देशनालय सपही द्वारा जनकपुरधाममा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रस्तुत विवरणअनुसार देशभर करिब ३५ हजारभन्दा बढी एचआईभी संक्रमित रहेका छन्। तीमध्ये मधेश प्रदेशमा मात्रै करिब ४ हजार ६ सय ८० जना संक्रमित रहेको जानकारी दिइएको छ।

कार्यक्रममा सहभागी जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजवीर यादव का अनुसार मधेश प्रदेशमा संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ। संक्रमितमध्ये महिला र बालबालिकाको संख्या उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा गरिएको परीक्षणका क्रममा करिब एक लाख जनामध्ये ६ प्रतिशतमा संक्रमण पुष्टि भएको जानकारी पनि कार्यक्रममा दिइयो। मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा र धनुषा सबैभन्दा बढी जोखिममा रहेको बताइएको छ। पर्सामा १ हजार ५ सय ४ र धनुषामा ८ सय ८६ संक्रमित रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ।

डा. प्रमोद यादव ले जनचेतनाको कमी, अशिक्षा, वैदेशिक रोजगार तथा समयमै उपचार नहुनु संक्रमण बढ्नुका मुख्य कारण भएको बताए। उनले एचआईभी नियन्त्रणका लागि समुदायस्तरमै सचेतना र नियमित परीक्षणलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय