spot_img

वीरगन्जमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको आरोप

spot_img
spot_img

वीरगन्ज,२९ वैशाख । मितेरी पुल क्षेत्रमा समाचार संकलनका क्रममा एक सञ्चारकर्मीमाथि सशस्त्र प्रहरीका कर्मचारीबाट दुर्व्यवहार, हातपात तथा मोबाइल नियन्त्रणमा लिएको आरोप लागेको छ। घटनापछि पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूले विरोध जनाएका छन्।

जानकारीअनुसार सोमबार साँझ मितेरी पुल क्षेत्रमा भारतीय अटोरिक्सा चालक र सशस्त्र प्रहरीबीच विवाद तथा झडप भएको थियो। सो घटनाको भिडियो तथा तस्वीर संकलन गरिरहेका सञ्जय कुशवाहा माथि सुरक्षाकर्मीले हस्तक्षेप गरेको आरोप लगाइएको हो।

अग्निपथ मिडिया का अनुसार सिभिल पोशाकमा रहेका केही सुरक्षाकर्मीले पत्रकार कुशवाहामाथि अभद्र व्यवहार गर्नुका साथै उनको मोबाइलसमेत नियन्त्रणमा लिएका थिए। समाचार संकलनमा अवरोध पुर्‍याइएको भन्दै उक्त घटनाप्रति मिडियाले आपत्ति जनाएको छ।

अग्निपथ मिडियाका सम्पादक बिराज यादव ले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि सार्वजनिक स्थलमै भएको व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा टिप्पणी गरेका छन्। उनले घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्।

घटनापछि वीरगञ्जका पत्रकार तथा सञ्चारसम्बद्ध संघसंस्थाहरूले पनि प्रेस स्वतन्त्रताको संरक्षण गर्न आग्रह गर्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय